सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Maoists on principles and priorities: ”On the path of walking, step towards Thankot”

काठमाडौँ — माओवादी सांसद शक्तिबहादुर बस्नेतले विनियाजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथकिताबीच तालमेल नभएको  बताएका हुन् । 

'बजेटका सिद्धान्त र प्राथमिकता विरोधाभास र अलमलमा परेको जस्तो छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले हिँड्न चाहीँ बनेपातिर लक्ष्य राखेको तर पाइलाचाहिँ थानकोटतिर बढाइरहेको जस्तो अनुभुति हुने थुप्रै विषयवस्तुहरु छन् । म आशा गर्छु यहाँ हुने छलफल छलफलका लागि मात्र हुने छैन,' सांसद बस्नेतले भने । व्यवस्था र अवस्थाबीचको विरोधाभास बेलाबेला भइरहेको उल्लेख गर्दै सांसद बस्नेतले भने, 'अब सहकारीसहितको मिश्रित अर्थतन्त्र, अर्थव्यवस्था हाम्रो आर्थिक सिद्धान्त हो र हाम्रो बजेटको सिद्धान्त हो भन्ने कुरामा कहीँ कतै अल्मलिनुपर्ने आवश्यकता छैन ।'

आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको सांसद बस्नेतको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully