सवारी दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु

उनीहरू कुलपूजामा सहभागी हुन दाङबाट गाउँ आएका थिए

वैशाख २९, २०८२

महेश केसी

Husband and wife died in a car accident

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका–१० तिमिलेमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो कार दुर्घटना भएको हो ।

सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५० वर्षका नरबहादुर ओलीको घटनास्थालमै र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको उपचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए । नरबहादुरकी माइली आमा र चालक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनीहरुलाई चौरजहारीको मिसन अस्पतालमा पुर्‍याइएको छ ।

दाङबाट कुलपूजामा सहभागी हुन गाउँ आएका चालकसहित ४ जना सवार डबल क्याप स्कोरपियो आज दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully