काठमाडौँ — नेकपा एकीकृत समाजवादीनिकट युवा संगठन युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आगामी भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ ।
उक्त निर्णय पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय बैठकबाट गरिएको हो । त्यसका लागि महाधिवेशनको सम्पूर्ण तयारी र व्यवस्थापनका लागि इन्चार्ज लक्ष्मण केसीको नेतृत्वमा महाधिवेशन संयोजन समिति गठन गरिएको छ ।
रोशन थापाको संयोजकत्वमा समिति गठन गरिएको हो । उक्त कार्यदलमा त्यसमा धर्म शाही, सञ्जिव राई, नरेश गिरि, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्यका रूपमा रहनेछन् ।
