नीति तथा कार्यक्रमले सामाजिक सञ्जालका फेक एकाउन्टमा अल्मलिएका युवालाई नयाँ जाँगर दिन्छ : प्रधानमन्त्री

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

The policy and program will give new life to the youth who are entangled in fake social media accounts: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्ताका लागि प्राथमिकता दिएर सरकारले नीति तथा कार्य्रकम ल्याएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका विषयमा उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखी सरकारले प्राथमिकीकरण गर्दै आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सबै विषय समेट्न प्रयास गरिएको समेत बताए । उनले भने, 'यस पटकको नीति र कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको त छ नै । त्यसमा पनि युवाहरुलाई स्टार्टअपमार्फत् उद्यमशील बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा प्रवेशको ढोका खोल्ने नीति पनि लिइएको छ ।'

त्यस्तै जेन–जी’का लागि विशेष स्थान र भूमिका दिएर नीति तथा कार्यक्रम ल्याइएको पनि उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले युवा पुस्तालाई नयाँ जाँगर र ऊर्जा प्रदान गर्ने पनि दाबी गरे । 'यसले सामाजिक सञ्जालका फेक एकाउन्टहरूमा अल्मलिएका युवाहरूलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जाँगर र ऊर्जा पैदा गर्न बाटो खोल्ने छ भन्ने अपेक्षा राखेको छु,' उनले भने ।  

कान्तिपुर संवाददाता

Link copied successfully