हर्क साम्पाङ माओवादीप्रति नकारात्मक हुन आवश्यक छैन : दाहाल

मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन : दाहाल

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

No need to be negative towards Hark Sampang Maoists: Dahal

काठमाडौँ — माओवादी अध्यक्ष  पुष्पकमल दाहाललेले धरानका मेयर हर्क साम्पाङ माओवादीप्रति नकारात्मक हुनपर्ने कुनै कारण नभएको बताएका छन् ।

आइतबार धरानमा किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा अध्यक्ष दाहालले मेयर साम्पाङलाई आफूले लोकतन्त्रको सुन्दर फूल भन्ने गरेको पनि स्मरण गराए । 

'मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,' उनले भने ।

सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न पनि दाहालको आग्रह छ । 

कान्तिपुर संवाददाता

Link copied successfully