यो तालले कांग्रेस र एमाले गठबन्धन लामो समय चल्छ जस्तो लाग्दैन : पुन

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

This lake does not seem like the Congress-UML alliance will last long: Re

काठमाडौँ — प्रमुख प्रतिपक्षी माओवादीका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेको सत्ता गठबन्धन लामो समय टिक्न नसक्ने बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा पुनले नीति तथा कार्यक्रममा नीति कांग्रेसको र कार्यक्रम एमालेको भएको पनि बताए । 

नीति तथा कार्यक्रम पारित भएपछि पुनले सत्ता गठबन्धन नटिक्ने दाबी गरेका हुन् । नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सत्ता गठबन्धन धेरै लामो सयम नटिक्ने उनको जिकिर छ ।

'सरकार नै अलमलमा परेको देखिन्छ । नीति कार्यक्रममा नीति कांग्रेसको, कार्यक्रम एमालेले बाँडेर कार्यक्रम बजेटको प्राथमिकतामा हालेको जस्तो सिद्धान्त जति वा नीतिगत कुराहरू कार्यक्रममा राखेको जस्तो देखिन्छ । यस्तो अप्ठ्यारोमा छ सरकार, नीति एकातिरबाट कार्यक्रम अर्कोतिरबाट ल्याउनुपर्ने,' उनले भने, 'दुई ठूला पार्टीहरूको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले । उहाँहरूको गठबन्धन लामो समय जाला वा नजाला तर यो देशले, जनताले सबैले दुःख पाइने भयो ।' 

उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको पुनले बताए । नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नदेखिएको पनि उनको भनाइ छ । 

युवामा देखिएका निराशा चिर्ने र युवाशक्तिलाई आशावादी बनाउने कुनै कार्यक्रम भएको भनेर प्रधानमन्त्रीले नै आत्मविश्वास गुमाएको उनको भनाइ छ । 'नीति कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सरकार प्रधानमन्त्री त्यति गम्भीर पाइएन । जति गम्भीर हुनुपर्ने हो किन भने यो गम्भीर विषय हो,' उनले भने ।  

कान्तिपुर

Link copied successfully