काठमाडौँ — काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावासका अघि पुगेर प्लेकार्ड र ब्यानरसहित प्रर्दशन गरको हो ।
पाकिस्तानी दूतावास र भारतीय दूतावास अगाडि भएको प्रदर्शनमा 'पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर', 'शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन', 'युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ' लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
