आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई एमालेको ह्वीप

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

UML whips MPs to make mandatory attendance at Sunday meeting

काठमाडौँ — नेकपा एमालेले प्रतिनिधिसभाको आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।

उक्त दिनको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ।

एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसदहरूलाई आइतबारको बैठकमा अनिवार्य उपस्थित ह्वीप जारी गरेका हुन्। मुख्य सचेतक बर्तौलाले बैठकमा उपस्थित भई सरकारको पक्षमा मतदान गर्न समेत आग्रह गरेका छन्। 

कान्तिपुर

Link copied successfully