आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ : रामहरि खतिवडा

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Nepal should support any country in the fight against terrorism: Ramhari Khatiwada

काठमाडौँ —

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई पनि साथ दिनुपर्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति र पाकिस्तानी आतंकवादविरुद्ध भारतको आक्रमणले नेपाललाई झन् जोखिममा पारेको बताए ।

उनले वर्तमान समयको जटिलतालाई सामना गर्न सरकारलाई तयार रहन आग्रह समेत गरेका छन्। आतंकवादीविरुद्धको लडाइँमा नेपालले जुनसुकै देशलाई साथ र समर्थन दिनुपर्ने उनले बताए ।

उनले भने, 'रुस–युक्रेन युद्ध, इजरायल–हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन–ताइवान एकीकरणको प्रयासको प्रभाव, भारतले पाकिस्तानी आतंकवादविरुद्ध गरेको युद्धजस्ता कुराले हामी झन् जोखिमयुक्त अवस्थामा छौँ भन्ने लागेको छ। यो समयको जटिलतालाई सामना गर्न सरकार तयार रहोस् भन्ने अनुरोध गर्न चाहन्छु। आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु।'

धितोपत्र बोर्डका अध्यक्षसम्बन्धी कमिसन काण्डहरू बाहिर आएको उल्लेख गर्दै उनले सो विषयमा सरकारको ध्यान जानुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully