पूर्वसांसद नेपालको निधनमा शोक प्रस्ताव पारित

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Passed a condolence resolution on the death of former MP Nepal

काठमाडौँ — प्रतिनिधिसभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

एमालेबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । दिवंगत नेपाल पूर्वमन्त्रीसमेत थिए ।७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा नेपालको निधन भएको थियो ।

बैठकले नेपालको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully