माओवादी अध्यक्ष दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना, अवस्था सामान्य

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Maoist Chairman Dahal admitted to hospital after falling injured, condition normal

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्। अहिले उनको अवस्था सामान्य छ । 

घरमै लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्‍याइएको थियो ।

आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताएअनुसार उनी बाथरुम जाँदाखेरि अल्झिएर लडेका थिए।उनको टाउकोमा चोट लागेको छ। अस्पताल श्रोतका अनुसार उनको टाउकोमा तीन टाका लगाइएको छ। 

उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अहिले वार्डमा राखेर उपचार भइरहेको छ। 'अब उहाँको अवस्था सामान्य छ । उहाँले बिहानै घर जान्छु भन्नुभएको हो, तर दिउँसोसम्म डिस्चार्ज हुनुहोला,' स्रोतले भन्यो। 

गएराति बाथरुममा चिप्लिएर दाहालको निधारमा सामान्य बाहिरी चोट लागेकोले अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिइन्।

कान्तिपुर

Link copied successfully