डिस्चार्ज भए दाहाल

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Dahal if discharged

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डिस्चार्ज भएका छन्। गएराति बाथरुम जानेक्रममा लडेर घाइते भएका दाहाललाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो।

उपचारपछि बुधबार बिहान उनलाई डिस्चार्ज गरी घर ल्याइएको छोरी गंगा दाहालले जानकारी दिइन्। गएराति घरमै लडेर घाइते भएका दाहाललाई करिब १२ बजेतिर अस्पताल पुर्‍याइएको थियो ।

'गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँछु,' छोरी गंगाले फेसबुकमा लेखेकी छन्, 'बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।'

कान्तिपुर

Link copied successfully