काठमाडौँ — रास्वपा सांसद मनिष झाले विपक्षीहरुमाथि भइरहेको राजनीतिक प्रतिशोध नराकिए चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै सांसद झाले पार्टी सभापति रवि लामिछाने र रेशम चौधरीप्रति गरिएको व्यवहार तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागेको घटना नियोजित राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको टिप्पणी गरे ।
पछिल्लो समयमा भइरहेका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भीर भएर हेरिरहेको सांसद झाको भनाइ छ ।
‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनामा पार्टीको तर्फबाट ध्यानकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौं । हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपालज्युको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं,’ उनले भने, ‘अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ? त्यसैलाई यसलाई हामी एउटा राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेका छौं । र सधैं चुप लागेर बस्न सकिने अवस्था नरहन पनि सक्छ भन्न चाहन्छौं ।’
सांसद झाले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्तिसमेत जनाए ।
