रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

A cat does not become a tiger just because the color matches: Chief Whip Shahi

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताएका हुन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै उनले रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे । 'राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ,बाघ बूढो भए पनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो,' उनले भने । 

कान्तिपुर

Link copied successfully