नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन दिइने छैन : सभापति देउवा

वैशाख २२, २०८२

न्युज एजेन्सी नेपाल

Nepal's land will not be allowed to be used against China: Speaker Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको भूमि चीनविरुद्धमा प्रयोग हुन नदिने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालको भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने स्पष्ट पारे। उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे ।

चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। उनले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैं मजबुत रहेको बताए। पारस्परिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीनले सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। दुई मुलुकबीच समानता, पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्व कायम रहेको बताए।

सभापति देउवाले भने, ‘मित्रराष्ट्र चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ। चीनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने नै छ। प्रदर्शनीले चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै दुवै मुलुकको सम्बन्धलाई थप उचाइमा लैजाने विश्वास छ ।’

सभापति देउवाले परापूर्वकालदेखि नै नेपाल र चीनबीचको मित्रताको सम्बन्ध अटल र अमर रहेको बताए।

न्युज

Link copied successfully