प्रसाईं र मिश्रलगायतलाई पाँच दिन म्याद थप

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Five days extension to Prasain and Mishra etc

काठमाडौँ — जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ । 

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी आइतबार पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो । उनीहरु गत चैत दोस्रो साता तीनकुनेमा भएको राजावादीको हिंसात्मक घटनामा जोडिएपछि पक्राउ परेका हुन् । 

कान्तिपुर

Link copied successfully