केआईआईटीमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : राष्ट्रिय सभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Nepali student death case in KIIT: National Assembly Speaker drew the attention of the government

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले ओडिसाको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययरत छात्रा प्रिशा साह मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको बैठकमा आकस्मिक र शून्य समयमा  सांसदहरूले उक्त प्रकरणबारे प्रश्न उठाएका थिए । 

त्यसपछि अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन् । 'एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दु:खद पक्ष हो। नेपाल र भारत दुवै देशले कूटनीतिक माध्यममार्फत् यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्यतथ्य छानविन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,' अध्यक्ष दाहालले भने ।

उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई उनले आग्रह गरेका छन् । त्यस्तै सरोकारवाला मन्त्रीलाई सभामा जवाफ दिन पनि ध्यानाकर्षण गराएका छन् ।  

कान्तिपुर

Link copied successfully