सर्वोच्च अदालत र परराष्ट्रको निर्णय बमोजिम एनआरएनएको एकता महाधिवेशन : परराष्ट्रमन्त्री

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

According to the decision of the Supreme Court and the Ministry of Foreign Affairs, the unity convention of NRNA: Minister of Foreign Affairs

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार नै गैरआवासीय नेपाली संघको एकता महाधिशेन भएको बताएकी छन् ।

एनआरएनएको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री देउवाले एकता महाधिवेशनमा जोडिन सबै पक्षलाई आग्रह गरेकी छन् ।

‘हामीलाई एउटै मात्रै एनआरएनएलाई चिन्छौं । मेरो मन्त्रालयले यसलाई नै गर्छ,’ उनले भनिन्,‘सबै यसमा नै जोडिनुस् । अलग अलग हुँदैन । यो नै आधिकारिक हो ।’

सर्वोच्च अदालतको परमादेशबाट पुनर्स्थापित भएको शेष घले नेतृत्वको उच्चस्तरीय समितिले महाधिवेशन गराएको हो ।

‘सर्वोच्चको आदेश भएपछि परराष्ट्र औपचारिक निर्णय गरी शेष घलेलाई महाधिशेन गराउन जिम्मा दिएको हो । हामीले दिएको सुझाव अनुसार आज हामी यो ठाउँमा आएको हो । यो एनआरएनएको एकताको लागि हो । अदालतले पनि मिलेर नै जान बनेको छ । तपाईंहरु मिल्ने भए आउँछु भनेको हो,’ उनले भनिन्,‘ यसमा धेरै राजनीति छिराउनु हुँदैन । यहाँ राजनीतिले मात्रै देश चल्दैन । तपाईंहरु आफ्नो भातृसंस्थामा राजनीति गर्नुस् । तर, एनआरएनएमा आएर नगर्नुस् ।’

उनले नयाँ नेतृत्व बनाएर अगाडि बढ्न शुभकामना दिएकी छन् ।

कान्तिपुर

Link copied successfully