बजेट अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित गरिने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

The school education bill will be passed during the budget session

काठमाडौँ — सरकारले चालु बजेट अधिवेशनबाटै संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक पारित गरिने जनाएको छ ।

संघीय संसद्‍को संयुक्त बैठकमा आर्थि कवर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गरिने बताए । ‘विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र संस्थागत सुधार गरिनेछ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई यसै अधिवेशनबाट पारित गरिनेछ,’ उनले भने ।

शिक्षालाई सर्वसुभल, गुणस्तरीय र जीवनउपयोगी बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनसंरचना गरिनेछ । २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जित गरिने राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रुपमा सञ्चालन गर्ने घोषणा गरिएको छ ।

कान्तिपुर

Link copied successfully