अर्थमन्त्री पौडेल र चौथाइवालेबीच भेटवार्ता

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Meeting between Finance Minister Poudel and Chathaiwale

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज बिहान भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको छ ।

बुधबार नेपाल भ्रमणमा आएका चौथाइवाले उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री आरजू राणा देउवालगातसँग भेटवार्ता गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully