नेपाली छात्राको मृत्यु घटनामा केआईआईटीद्वारा शोक व्यक्त

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

KIIT expressed grief over the death of a Nepali student

काठमाडौँ — भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली छात्रा प्रिसा साहको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

विश्वविद्यालयका रजिस्ट्रारले आज विज्ञप्ति जारी गर्दै घटनापछि होस्टलका अधिकारीले स्थानीय प्रहरीलाई जानकारी गराएको उल्लेख गरेका छन् । 

घटनापछि विश्वविद्यालयले विद्यार्थीका परिवारलाई जानकारी गराएको विज्ञप्तिमा भनिएको छ । यो कठिन अवस्थामा आफूहरु मृतकका परिवार, साथीसहित सम्पूर्ण नेपाली विद्यार्थीको साथमा रहेको विश्वविद्यालयले जनाएको छ ।  

मृतक साह वीरगन्जकी हुन् । उनी केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully