तुइन विस्थापन गरी झोलुंगे पुल बनाउने सरकारको घोषणा

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Government announcement to replace Tuin and build a suspension bridge

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सम्पूर्ण तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्ने घोषणा गरेको छ ।

आज संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गरिने उल्लेख गरे ।

उनले उच्च तथा दिगो आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानी प्रवर्द्धन, सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यामका रुपमा विस्तार गरिने लक्ष्य रहेको जानकारी दिए ।

'रेलमार्गको विस्तार र विकासलाई निरन्तरता दिइनेछ । अन्तरदेशीय सडक यातायात विस्तारका लागि सडक सञ्जालसँग आबद्ध हुनेगरी प्रमुख राजमार्गको सुधार तथा स्तरोन्नति गरिनेछ,' राष्ट्रपति पौडेलले भने, 'राष्ट्रिय यातायात निजी तथा सार्वजनिक सवारी र यातायात व्यवस्था ऐन, सडक सुरक्षा ऐन तर्जुमा गरिनेछ । सवारी दुर्घटना न्यूनीकरण गर्न सडकको अवस्था सुधार गर्ने, यात्रुलक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सवारी चालकको क्षमता अभिवृद्धि गरी जिम्मेवारी बनाइनेछ ।'

कान्तिपुर

Link copied successfully