संघीय र प्रादेशिक अस्पतालमा ई-हेल्थ सेवा सञ्चालन गरिने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

E-health service will be conducted in federal and provincial hospitals

काठमाडौँ — सरकारले संघीय एवं प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख र सेवा प्रवाहलाई विद्युतीय प्रणलीमा आधारित बनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने उल्लेख छ ।

बिरामीले एकै किसिमको परीक्षण पटकपटक गर्न नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाइने उनले बताए । 

अस्पतालहरूमा ई–हेल्थ सेवा सञ्चालन  भएमा एउटा अस्पतालको बिरामीको मेडिकल रेकर्ड अर्को अस्पतालमा जँचाउन जादा हेर्न मिल्ने व्यवस्था हुनेछ । अहिले स्वास्थ्य मन्त्रालयले ५ वर्षअघि तयार भएको डिजिटल हेल्थ निर्देशिकासम्बन्धी मस्यौदा टुंगोमा पुर्‍याउन सकेको छैन । मुलुकभरका स्वास्थ्य संस्थालाई पेपरलेस बनाउने, मोबाइल हेल्थ, ड्रोन प्रविधिमार्फत दुर्गम क्षेत्रमा औषधि, खोपलगायत स्वास्थ्य सामग्री ढुवानी र टेलिमेडिसिन कार्यक्रम पनि प्रभावकारी बनाउन सकेको छैन ।

कान्तिपुर

Link copied successfully