सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भिडियोको विषयमा अनुसन्धान भइरहेको बताए
राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो भाइरल भइरहेको छ । बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले पेस्तोल पड्काएको समेत स्पष्ट देखिन्छ । उक्त भिडियो कहाँ कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन ।
सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्यकी मृगेन्द्र सिंह यादवकी छोरी हुन् । डा. यादव जसपा नेपालकी केन्द्रीय सदस्य हुन् ।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले सो भिडियोको विषयमा अनुसन्धान भइरहेको बताए । ‘भिडिओ मैले पनि हेरे, उहाँलाई बोलाएर त्यस विषयमा सोधपुछ गर्छौं,’ उनले भने, ‘सोधपुछ र अनुसन्धानपछि थप स्पष्ट हुन्छ ।’ सोहीअनुसार कानूनी प्रक्रिया अघि बढ्ने एसपी खतिवडाले बताए ।
