श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री ओली

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

The country has progressed with the sweat of workers: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिनाले देश अगाडि बढिरहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए। 

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा  व्यङ्ग्य सहनुपरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरे।

श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन सफल भएको बताए।

कान्तिपुर संवाददाता

Link copied successfully