गणतन्त्रको पक्षमा वकालत गर्ने कलाकारमाथि सामाजिक सञ्जालबाट आक्रमण हुनु दु:खद : प्रधानमन्त्री

'एउटा बच्चाका बारे हिरोइनलाई सोधियो । गुड लुकिङ छ, कला क्षेत्रमा राम्रो छ भनेकी के थिइन्, उनीमाथि आक्रमण भयो'

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

It is sad that an artist advocating for the Republic was attacked on social media: Prime Minister

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको पक्षमा वकालत गर्ने कलाकारमाथि अनावश्यक रुपमा सामाजिक सञ्जालबाट आक्रमण हुनु दु:खद भएको बताएका छन् । 'पछिल्लो समय हामी कति साह्रो असहिष्णु बन्दै गएका छौं, त्यो अनुभूत गर्दै गाह्रो छ,' कोशी लगानी सम्मेलनको उद्घाटनपछि उनले बिहीबार विराटनगरमा भने । 

'एउटा  बच्चाका बारे हिरोइनलाई सोधियो । गुड लुकिङ छ, कला क्षेत्रमा राम्रो छ भनेकी के थिइन्, उनीमाथि आक्रमण भयो,' अभिनेत्री सुरक्षा पन्तको हालैको एक अन्तर्वार्ताप्रति लक्षित गर्दै ओलीले भने, 'यो काम गलत छ । यस्ता गलत हर्कत बन्द गरौं । यो गणतन्त्र हो । टिप्पणी गरौं, तर जे पायो त्यही नगरौं ।' 

ओलीले विस्थापित तत्वहरुले फर्किन सकिन्छ कि भनेर अन्तिम जमर्को गर्न खोजेको भन्दै त्यो अनौठो नभएको पनि बताए । 'यस्ता निरर्थक प्रयास संसारभर भएका छन्, हुन्छन्,' कोशी लगानी सम्मेलनको उद्घाटनपछि उनले बिहीबार विराटनगरमा भने, 'त्यस्ता प्रयासहरुको नेपालमा कुनै सम्भावना छैन । ढुक्क भए हुन्छ ।'

 उनले गत चैत १५ मा निस्किएको एक भुल्कोबाट राजावादीहरुको आचरण प्रस्ट देखिएको र त्यसको सम्भावना त्यसै दिन सकिएको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully