भाजपा नेता विजय चौथाइवालेले दुई दिनमा भेटे तीन पूर्वप्रधानमन्त्रीसहित ११ नेता

गतसाता जम्मु कश्मिरस्थित पहलगाममा नेपालीसहित २६ जनाको ज्यान जाने गरी गरिएको पर्यटनमाथिको आतंकवादी हमलाकाे पृष्ठभूमिमा चौथाइवाको याे भ्रमण भएकाे हो

वैशाख १८, २०८२

राजेश मिश्र

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

काठमाडौँ — तीन दिने नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बुधबार र बिहीबारका दुई दिनमै सत्तासिन र विपक्षी दलका गरेर तीन पूर्वप्रधानमन्त्रीसहित ११ जना नेतालाई भेटेका छन् ।

बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुरु भएको दौडधुप बिहीबार साँझसम्मै जारी छ । बुधबार चौथाइवालेले लेखकका अलावा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र राति अबेर गरी कांग्रेस नेता शेखर कोइरालासँग डिनर भेटवार्ता गरेका थिए ।

चौथाइवालेको भेटघाटको श्रृंखला बिहीबार बिहानैबाट सुरु भयो । बिहीबार उनले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटे । साथै कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता प्रकाशशरण महत र उदयशमशेर राणालाई बेग्लाबेग्लै भेटे । त्यस्तै उनले माओवादी नेता जनार्दन शर्मालाई छुट्टै भेटेका छन् ।

तीन दिनका लागि नेपाल भ्रमणमा आएका चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीका अलावा सत्ता गठबन्धनका अन्य प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू र मधेसी मोर्चाका नेताहरूसँग भेट्ने कार्यक्रम छ ।

गतसाता जम्मु कश्मिरस्थित पहलगाममा नेपालीसहित २६ जनाको ज्यान जाने गरी गरिएको पर्यटनमाथिको आतंकवादी हमलाकाे पृष्ठभूमिमा याे भ्रमण भएकाे देखिन्छ । चौथाइवालेले आतंकवादको विरोधमा नेपालका नेताहरूको समर्थन कायम राख्ने प्रयास गरेका छन् ।

भारतले पाकिस्तानमाथि विभिन्न कडा कूटनीतिक कदमहरू चालिसकेको छ । त्यसले दुई देशबीच तनाव बढाएको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै गर्दा चौथाइवालेले नेपाल र यहाँका नेताहरूको साथ आतंकवादको विरोधमा भारतको पक्षमा कायम रहोस् भन्ने सन्देश दिन खोजेका छन् ।

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

BJP leader Vijay Chathaiwale met 11 leaders including three former prime ministers in two days

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully