९ बुँदे सहमतिको विरोध, विद्यालय कर्मचारीले आन्दोलन घोषणा गर्दै

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

9 Point Consensus Protest, School Staff Announcing Protest

काठमाडौँ — सरकार र नेपाल शिक्षक महासंघबीच हिजो भएको ९ बुँदै सहमतिमा असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्‌ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

केहीबेरअघि सकिएको आकस्मिक बैठकले आजै साँझ आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । हिजो सरकारसँग भएको सहमति नमान्ने र छुट्टै आन्दोलन गर्ने विद्यालय कर्मचारी परिषद्‌का अध्यक्ष गंगाराम तिवारीले बताए ।

सरकारसँग भएको सहमतिबारे जानकारी गराउन रत्नराज्य माविमा भएको कार्यक्रममा विद्यालय कर्मचारीहरुले विरोध जनाएका थिए । 

कान्तिपुर

Link copied successfully