बालुवाटारमा सत्ता गठबन्धनको बैठक

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

Power alliance meeting in Baluwatar

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तापक्षीय राजनीतिक दलको बैठक बसिरहेको छ। संघीय संसद्‌को बजेट अधिवेशन सञ्चालन तथा समसामयिक राजनीतिक विषयहरूमा धारणा बनाउन प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। 

२८ दिनदेखि आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् । त्यस्तै, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका विषयमा समेत छलफल भइरहेको छ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत  नेताहरू सहभागी छन्। 

कान्तिपुर

Link copied successfully