काठमाडौँ — एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रेम आलेले संसद्मा अश्लील नबोलेको बताएका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठकमा अश्लील नबोलेको बताएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद आलेले अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘हिजो संसद्मा बोल्दा पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको थिएँ ,’ आलेले भने ।
जनप्रतिनिधिले बोलेको विषयमा ध्यान दिएर मात्र समाचार सम्प्रेषण गर्न सांसद आलेको आग्रह छ ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध बोल्दा आफूमाथि प्रहार भइरहेको पनि बताएका छन् ।
