वर्ल्डलिंकले राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई नियुक्त गर्‍यो ब्रान्ड एम्बासडर

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Worldlink appointed 6 national cricket team players as brand ambassadors

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक संस्था, वर्ल्डलिंक कम्युनिकेसन्सले राष्ट्रिय क्रिकेट टोलीका ६ जना खेलाडीलाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट सेवा विस्तार गरेको खुशीयालीमा यो घोषणा गरिएको हो ।

नयाँ ब्रान्ड एम्बासडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन् । यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तिकरण अभियानमा सहभागी भई राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तीमा उल्लेख छ । सम्झौतामा वर्ल्डलिंकका तर्फबाट सह-संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए ।अनुबन्धित खेलाडीहरूले पनि उत्साह व्यक्त गरेका थिए । 

कान्तिपुर

Link copied successfully