गैंडाकोटमा तीन वटा सवारी एक आपसमा ठक्कर खाँदा तीन जना घाइते 

वैशाख १५, २०८२

नवीन पौडेल

Three people were injured when three vehicles collided with each other in Ghindakot

परासी — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा सोमबार राति तीन वटा सवारी एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । 

पूर्व-पश्चिम राजमार्गमा गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ७४३९ नम्बरको लहरीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२८ च ९०२१ नम्बरको पिकअप र  बा १३ च ४५५० नम्बरको भ्यानलाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

प्रहरीका अनुसार घाइते हुनेहरुमा पिकअप चालक विशाल गुरुङ, सहचालक कमल सिग्देल र भ्यान चालक  सन्तोष थापा मगर रहेका छन् ।

घाइतेको  नगर अस्पाताल भेँडाबारीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण नखुलेको र घटनामा संलग्न सवारी र मानिस प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully