शिक्षकहरुमाथि दमन भएको भन्दै राष्ट्रिय मुक्ति पार्टीको विरोध

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Rashtriya Mukti Party's protest against the suppression of teachers

काठमाडौँ — शिक्षकहरुको २६ औं दिनको आन्दोलनमा प्रहरी र प्रशासनले दमन र बल प्रयोग गरेको भन्दै राष्ट्रिय मुक्ति पार्टी नेपालले विरोध गरेको छ ।

पार्टीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रहरी र प्रशासनद्वारा गरिएको अत्यधिक दमन र बल प्रयोगले पाँच दर्जनभन्दा बढी शिक्षक र पत्रकार घाइते बनाउनु लोकतान्त्रिक मुलुकको निम्ति अत्यन्त दुर्भाग्यपूर्ण र दु:खको विषय हो ।'

पार्टी अध्यक्ष राजेन्द्र महतोको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा भएको सरकारको अत्याचार, निरक‌‌ुंश र दमनकारी चरित्रको उजागर भएको भनिएकाे छ । पार्टीले आन्दोलनरत शिक्षकहरु  सत्तासिन दलमै आवद्ध भएकाले कि त आन्दोलन छोडनुपर्ने कि त शिक्षकहरुले कांग्रेस, एमाले, पार्टीको आबद्धता त्याग्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Rashtriya Mukti Party's protest against the suppression of teachers

कान्तिपुर संवाददाता

Link copied successfully