अध्यक्ष भट्टराई र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Meeting between President Bhattarai and India's Defense Minister Singh

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता सम्पन्न भएको छ ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको छ ।

साथै, डा. भट्टराईद्वारा हालै पहलगाम, काश्मिरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

डा. भट्टराई प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा छन् ।

कान्तिपुर

Link copied successfully