शिक्षकका मागबारे छलफल गर्न संसद्‌मा विपक्षी दलहरूको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Motion of urgent public importance by opposition parties in Parliament to discuss teachers' demands

काठमाडौँ — विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सम्झौताहरू कार्यान्वयनका लागि महासंघको आह्वानमा जारी शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै उनीहरूले छलछलका ६ बुँदा पेस गरेका छन् । 

सरकार र महासंघबीच गरिएका सम्झौता कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउन, लाखौं विद्यार्थीको पठनपाठन सञ्चालन गर्न गराउन, निर्धारित समयमा परीक्षा सञ्चालन गर्न, चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउन र स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउने विषयमा छलफलको माग गरिएको छ । 

जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने सांसदहरूमा माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार, एकीकृत समाजवादीका शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका प्रभु साह छन् ।

Motion of urgent public importance by opposition parties in Parliament to discuss teachers' demands

कान्तिपुर

Link copied successfully