तीनकुने घटना : थुनामा रहेका मिश्रसहित २५ जनालाई ७ दिनको म्याद थप

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Thinkune incident: 25 people including Mishra who are in custody have been extended by 7 days

काठमाडौँ — चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थपेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले आइतबार मिश्र, आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलगायतविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा थप म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनीहरुलाई म्याद थपका लागि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालत पेस गराएको थियो ।  

राजावादीहरुको हिंस्रक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो । 

कान्तिपुर

Link copied successfully