लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, 'रेकर्ड'बाट हटाउन माग

वैशाख १४, २०८२

रासस

Congress objections to Linden's statement, demand to remove it from 'record'

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले क्षमायाचना गर्नुपर्ने माग गरेका छन् । 

गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा कांग्रेस सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झुटो भएको भन्दै उनले माफीको माग गरे ।

बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन् । उनले सांसद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष  आग्रह गरे ।

रासस

Link copied successfully