आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Clash between protesting teachers and police

काठमाडौँ — आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।

नयाँ बानेश्वरमा शिक्षकहरूले प्रहरी ब्यारिकेड भत्काएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।सो क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो भने भिडबाट ढुंगामुढा प्रहार भएका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले ७ जना शिक्षक घाइते भएको बताए । सामान्य लाठीचार्ज र पानीको फोहरा हानिएको उनले बताए । 

Clash between protesting teachers and police

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने करिब ६० जना शिक्षक घाइते भएको दाबी गरे । उनीहरुको सिभिल अस्पताल, एभरेस्ट अस्पताल र ट्रामा सेन्टरमा उपचार भइरहेको उनको भनाइ छ । 

विद्यालय शिक्षा विधेयक जारीलगायतका माग राख्दै देशभरका शिक्षक कर्मचारी चैत २० देखि आन्दोलनमा छन् । सरकारले वार्ताको प्रयास गरे पनि सफल हुन सकेको छैन । Clash between protesting teachers and police

कान्तिपुर

Link copied successfully