काठमाडौँ — नेकपा एमाले संसदीय दलको बैठक केहीबेर अघि देखि बसिरहेको छ। संघीय संसद्को बजेट अधिवेशन सुरु भइसकेकोमा एमालेले सरकार र संसद् सञ्चालन, सत्ता गठबन्धन र सरकारका कामकारबाहीका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो।
संघीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवम् पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीसहित नेताहरू सहभागी छन्।
बैठकमा २५ दिनदेखि जारी शिक्षक आन्दोलन र संसद्मा विचाराधीन शिक्षा विधेयकका विषयमा समेत छलफल हुने छ। छलफलको क्रममा विधेयक र बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे बैठकमा छलफल हुने नेताहरूले जनाएका छन्।
