वार्ता, संवादबाटै शिक्षकको आन्दोलन टुंग्याउने समझदारी

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

An agreement to end the teachers' movement through dialogue and dialogue

काठमाडौँ — शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारीको आजको बैठकमा वार्ता, संवादबाटै आन्दोलित शिक्षकका माग सम्बोधन गर्नेबारे समझदारी भएको छ ।

शनिबार बिहान मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग वार्तामा बसेका थिए ।

उक्त वार्तापछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, 'हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौँ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलन को अडान हो र यसबाट महासंघ टसमस नहुने जानकारी गराइयो ।'

महासचिव तुलाबहादुर थापाले मागबारे नवनियुक्त शिक्षामन्त्री पन्तलाई जानकारी गराएको र पुन: वार्ता र संवादमा बस्ने निर्णय भएको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully