विष सेवन घटना : आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य

वैशाख १२, २०८२

कमलेश ठाकुर

Poisoning Incident: Death of mother, normal condition of baby after surgery

जनकपुरधाम — विष सेवनपछि उपचारका लागि अस्पताल पुर्‍याइएकी धनुषाको सहीदनगर नगरपालिका-५ की पविता कुमारी साहको पनि मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारकै क्रममा रामजानकी अस्पतालमा मृत्यु भएको हो ।

उपचारकै क्रममा शुक्रबार बिहान पविताको मृत्यु भएको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए ।

उनका अनुसार पविताले विष सेवन गरेपछि शल्यक्रिया गरेर निकालिएका शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ। गएको सोमबार पवितासहित उनका एक छोरा र दुई छोरीलाई विष सेवनपछि उपचारका लागि अस्पताल ल्याइएको थियो।

सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भयो। पवितालाई भने भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully