सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक जारी

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

The meeting of the Maoist Central Parliamentary Party continues at Singhdarbar

काठमाडौँ — नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ। बैठकमा शुक्रबारदेखि सुरु हुन लागेको संसद्को बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ। 

बैठकमा संसद्‌मा छलफलको क्रममा रहेका संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूका विषयमा समेत छलफल भइरहेको एक नेताले जानकारी दिए। ती नेताका अनुसार यी विधेयकहरूमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा बैठकले धारणा बनाउनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully