बुटवल — भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको शव घरमा पुर्याइएको छ ।
भारतदेखि आजै बिहानै सुनौली हुँदै ल्याइएको शव बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित घरमा ल्याइएको हो ।
केही बेर घरमा राखेर आजै अन्त्येष्टि गर्ने तयारी छ । मनकामनापथ स्थित उनको घरमा छिमेकी र गाउँलेहरु जम्मा भएका छन् ।
आफन्तहरु सबै शोकमग्न छन् । २७ वर्षीय सुदीपको आज नै त्रिवेणी धाममा अन्तेष्टि गरिने आफन्त पुष्पराज पन्तले बताए ।
मंगलबार पहलगाममा आतंकवादीको आक्रमणमा परी सुदिपसहित २७ जना मारिएका छन् ।
