आवश्यक परे संघर्षको मैदानमा उत्रन तयार हुनुहोस् : प्रधानमन्त्री

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

If necessary, be ready to go to the battlefield: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे संघर्षको तयारी गर्न युवालाई आग्रह गरेका छन् । लोकतन्त्र स्थापना भएको दिनमा युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आवश्यकता पर्छ भने संघर्षको मैदानमा उत्रन तयार हुनुपर्दछ । उललब्धि रक्षा गर्दै अघि बढ्ने कुरामा संकल्प गर्न जरुरी छ । कुनै भ्रममा नपर्नुस्’, उनले भने, ‘हामीले राष्ट्रियतामा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल शक्तिहरु नेकपा एमालेविरुद्ध खनिएका छन् । यत्तिकै राष्ट्रवादी अडान, दृष्टिकोण र संघर्षका कारणले हाम्रो जनपक्षीयता, लोकतान्त्रिक अभ्यास, आचरण, दृष्टिकोण र देशलाई अघि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरु हामीमाथि भयभित भएका छन् ।’

कान्तिपुर

Link copied successfully