काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयनमा बिहीबार बैठक बोलाइएको छ ।
संघीय संसद्को आगामी अधिवेशनका सम्बन्धमा छलफल गर्नका लागि रास्वपाले दलको बैठक बोलाएको हो । त्यस्तै, संसदीय दलको बैठकमा वैशाख ४ मा बसेको केन्द्रीय समिति बैठकले दललाई दिएको निर्देशनका सम्बन्धमा पनि छलफल हुने एजेन्डा तय गरिएको छ ।
रास्वपा संसदीय दलको बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको हो ।
