काठमाडौँ — पूर्व प्रहरी महानिरीक्षक दुर्लभ कुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ । थापाको बुधबार निधन भएको हो ।
उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
थापाको निधनमा प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहित बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीले दुःख व्यक्त गरेका छन् । २०३५ साल साउनदेखि २०३९ जेठसम्म थापा प्रहरी महानिरीक्षक थिए ।
