कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

The meeting of the National Examination Board continues regarding the postponement of the Class 12 examination

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आगामी परीक्षा हेरफेरको निर्णय लिन आज बिहान डाकेको बैठक जारी छ ।

शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेका लागि तोकिएको कक्षा १२ को परीक्षा हेरफेरको एजेन्डासहितको बैठक जारी रहेको बैठकमा सहभागी बोर्डका एक सदस्यले जानकारी दिए ।

नजिकिँदो परीक्षा भएपनि शिक्षक हडतालका कारण परीक्षाका लागि अभिमुखीकरण लगायतका काम पनि अघि बढ्न सकेका छैनन् । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारीसहितका आफूहरुका माग पूरा नभएसम्म शिक्षकहरुलाई कुनै पनि हालतमा परीक्षामा सहभागी नहुन निर्देशन दिएको छ ।

५ लाखभन्दा बढी परीक्षार्थी रहेको कक्षा १२ को परीक्षा सञ्चालनका लागि २० हजार जनशक्ति आवश्यक पर्छ । परीक्षाका लागि जापानकाे एभरेष्ट स्कुलसहित १ हजार ५ सय ९१ परीक्षा केन्द्र रहेका छन् । 

कान्तिपुर

Link copied successfully