'निषेधित क्षेत्र तोडेर सिंहदबारभित्रै प्रदर्शन गरेपछि पक्राउ'

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

'Arrested after breaking the prohibited area and protesting inside Singhdbar'

काठमाडौँ — राप्रपा नेताहरूले निषेधित क्षेत्र तोडेर सिंहदबारभित्रै प्रदर्शन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सिंहदरबारभित्र पसेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतले संसदीय कार्यालयबाट निस्केर प्रदर्शन गरेका थिए । 'पर्चा-पम्प्लेट वितरण र नाराबाजी गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,' काठमाडाै प्रहरी परिसरका प्रवक्ता अपिल बोहोराले कान्तिपुरलाई बताए ।

उनका अनुसार पक्राउ परेका तीन नेता लिङ्देन, तामाङ र शाहीलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ । राप्रपाले भने बानेश्वर-बिजुलीबजार क्षेत्रमा प्रदर्शन जारी राखेको छ ।

कान्तिपुर

Link copied successfully