काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताको बालुवाटारमा बैठक बसिरहेको छ । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीसहित, सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् ।
