कोशीमा भारतीयले खन्न लागेको ‘पाइलट च्यानल’ मा रोक

वैशाख ४, २०८२

विद्यानन्द राम

Stopped in 'Pilot Channel' which is going to be dug by Indians in Koshi

सप्तरी — कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ धकेल्न भारतीय पक्षले बनाउन लागेको ‘पाइलट च्यानल’का काममा रोक लगाइएको छ । बुधबार ‘पाइलट च्यानल’ निर्माणस्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले उक्त काममा रोक लगाएको हो ।

भारतीय पक्षले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियास्थित नदीमा गत चैत १३ मा खन्न लागेको ‘पाइलट च्यानल’ का कारण यहाँको टिकुलिया, बानरझुला, डल्बा, रम्पुरालगायत आधा दर्जन बस्ती बाढीको उच्च जोखिममा छन् ।

‘गुनासो आउन थालेपछि हामी पाइलट च्यानल निर्माणस्थल पुगेका थियौं । त्यहाँ थप काम अघि नबढाउन भनिसकेका छौं,’ दाहालले भने, ‘भारत–नेपालका प्राविधिकलाई राखेर छलफलमा बस्छौं अनि निष्कर्षमा पुगेर मात्रै अघि बढ्छौं ।’

टोलीमा प्रमुख जिल्ला अधिकारी दाहालसहित तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइरालालगायत थिए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully